नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
शुक्रबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ १२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७२ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १३१ रुपैयाँ ४० पैसा र बिक्रीमा १३२ रुपैयाँ २ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्ट्रलिङ आज एकको खरिददर १५५ रुपैयाँ १७ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९० पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रुपैयाँ २६ पैसा र बिक्रीमा ९० रुपैयाँ ६९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ ५८ पैसा र बिक्रीमा १०० रुपैयाँ ५ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ७७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९९ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ६१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रुपैयाँ ६० पैसा र बिक्रीमा २८ रुपैयाँ ७३ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४१४ रुपैयाँ ८८ पैसा र बिक्रीमा ४१६ रुपैयाँ ८४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३७ रुपैयाँ २० पैसा र बिक्रीदर ३३८ रुपैयाँ ७९ पैसा तोकिएको छ।