मुक्तिनाथ विकास बैंकले 'मुक्तिनाथ गज्जब मुद्दती' योजना सञ्चालनमा ल्याएको छ।
बैंकले निक्षेपकर्ताहरूलाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने उक्त योजना सञ्चालनमा ल्याएको बताएको छ।
यो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा नौ वर्ष चार महिना १८ दिनमा प्रतिफल तेब्बर र व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा आठ वर्ष सात महिना २८ दिनमा तेब्बर हुनेछ।
त्यस्तै, व्यक्तिगत मुद्दती खातामा पाँच वर्ष १० महिना १८ दिनमा प्रतिफल दोब्बर र व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा पाँच वर्ष पाँच महिना छ दिनमा दोब्बर हुनेछ।
यस योजनाबाट ग्राहकलाई धेरै फाइदा पुग्ने विश्वास बैंकले लिएको छ।
साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बताएको छ।