गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीले शेयरधनीहरूलाई चुक्ता पुँजीको ७.४४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।
हाल कमपनीको चुक्ता पुँजी २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो।