छिमेक लघुवित्त पनि अब एनसिएसमा आबद्ध भएको छ।
आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्ने व्यवस्था लागू गर्न दुई संस्थाहरू बीच औपचारिक कार्यक्रममा सम्झौता भएको छ।
सम्झौता पत्रमा छिमेक लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्मा जोशी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौतापछि लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपिआई) सँग जोडी नेशनल पेमेन्ट स्वीच (एनपिएस) अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरू प्रयोग गर्न सकिने बताइएको छ।
सो अन्तर्गत लघुवित्तले एनसिएचएल-आइपिएस र आरपिएस/कनेक्ट आइपिएस प्रणालीहरूमार्फत बचत निक्षेप, कर्जाको किस्ता संकलन लगायतका विभिन्न संकलनका करोबारहरू तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरू आफ्ना तथा लाभग्राहीहरूका बैंक खाताहरू बीच सोझै गर्न सक्नेछ।
एनपिआईमा हाल ५९ सदस्य बैंक वित्तीय संस्थाहरू आबद्ध छन् भने अन्य पिएसपी/पिएसओ, रेमिटेन्स कम्पनीहरू, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध-सरकारी संस्थाहरू लगायतका ७४ गैर-बैंकिङ संस्थाहरू इन्डाइरेक्ट/प्राविधिक सदस्यका रूपमा आबद्ध छन्।
लघु उद्यमीहरूलाई समर्थन गर्ने र वित्तीय सेवाको पहुँच सुधार गर्ने लक्ष्य छिमेक लघुवित्तको छ।
लघुवित्तले नेपालभरका १९२ शाखाहरू मार्फत ६९ जिल्लाका ४ लाखभन्दा बढी गरिब तथा सीमान्तकृत महिला ग्राहकहरूसम्म आफ्नो सेवा पुर्याउन सफल भएको छ।