ग्लोबल आइएमई बैंकले अनलाइन भिडियोमार्फत ग्राहक पहिचान (भिकेवाइसी) सेवाको सुरूवात गरेको छ।
यो सेवाको सुरूवातसँगै नयाँ ग्राहकहरूले अनलाइनमार्फत खाता खोली भिडियो केवाइसी मार्फत आफ्नो पहिचान गरी खाता सुरू गर्न सक्ने बैंकले बताएको छ।
बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरूले अब खाता खोल्न लगायत केवाइसी फारम भर्न बैंक नै धाउनु नपर्ने जानकारी दिइएको छ।
नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियोमार्फत गर्न सकिने बैंकले जनाएको छ।
ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेको यस बैंकले भिडियो केवाइसी अझ प्रभावकारी हुने विश्वास लिएको छ।
यो सेवाबाट फरक क्षमता भएका व्यक्तिगत ग्राहकहरू, विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरूले विश्वको कुनै पनि ठाउँबाट भिडियो केवाइसी सेवामार्फत अनलाइनबाटै बैंकमा खाता खोल्न सक्नेछन्।
मुलुकका ७७ वटै जिल्लामा २८९ शाखा रहेको बैंकले २७० एटीएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरूलाई बैंकिङ सेवा दिइरहेको छ।