बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु)ले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बोटलर्स नेपाल (तराई)ले सेयरधनीहरूलाई चुक्ता पुँजीको ६० प्रतिशत नगद लाभांश र बोटलर्स नेपाल (बालाजु)ले चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
दुवै कम्पनीको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन्।