अरुण भ्याली हाइड्रोपावरले गत आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको आज बिहान १० बजे बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने निर्णय गरेको हाे।
उक्त प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी २५औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
कम्पनीले गत वर्ष १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश दिएको थियो। कम्पनीले गत वर्षको तुलनामा लाभांश दर घटाएको छ।