तपाइँको घरमा पानी सकियो? झरीले पानी लिन बजार जान अल्छि लागेको छ? त्यसो भए अर्डर गर्नुस् घरमै आइपुग्छ।
नेपालमा पहिलो पटक पानी डेलिभरी एपको सेवा शुरुआत भएको छ। डा. पानी वाटर डेलिभरी एपबाट पानी अर्डर गर्न सकिने छ।
कम्पनीले पहिलो चरणमा नयाँ बानेश्वर, पूरानो बानेश्वर, ज्ञानेश्वर, गौशाला, माइतीघर, शंखमूल, सिनामंगल, मैतिदेवी, तिलगंगा, गैरिगाउँ, कोटेश्वर, डिल्लीबजार, अनामनगर, बिजुलीबजार, पेप्सीकोला, काँडाघारी र मूलपानीका सेवाग्राहीहरुलाई सेवा दिने योजना बनाएको डा. पानीका म्यानेजिङ डाईरेक्टर सुजित श्रेष्ठले जानकारी दिए।
‘अहिले ती क्षेत्रमा दिने योजना बनाएको छु, पछि विस्तारै देशभर सेवा विस्तार गर्ने लक्ष्य छ,’ उनले आफ्नो योजना बताए।
नेपालमा भएका खानेपानी प्रदान गर्ने प्रणालीहरुबारे अध्ययन गर्दा खानेपानीको गुणस्तर, खानेपानीको जारहरु भण्डारण स्थिति, ढुवानी तथा डेलिभरीमा सेवाग्राहीहरुकाे चासो रहेको र पानी ल्याइने जारको गुणस्तर कम हुँदा निराशा बढेको पाइएकोले गुणस्तरीय पानी दिनका लागि यो एप सञ्चालना ल्याएको उनले बताए।
‘जारका पानीमा विभिन्न समस्या आएको गुनासो छ। यही समस्यालाई समाधान गर्न डा. पानी एपले नेपाल सरकारद्वारा निर्धारण गरिएको मापदण्डहरु पालना गर्दै पूर्णतः ल्याब टेष्ट गरिएको खानेपानी वितरण गर्ने सेवाको शुरुआत गरेका छौं,’ उनले भने।
उनकाअनुसार डा. पानीबाट डेलिभर गरिने जारहरु हाजिनिकल्ली ह्यान्डल गरिनुका साथै फ्याक्ट्रीबाट घरमै जार पुर्याइन्छ, जसले गर्दा घामको किरणमा पानी धेरै समयसम्म रहन पाउँदैन र अनावश्यक संक्रमणबाट पनि सुरक्षित हुन्छ।
डेलिभरी गर्ने कामदारहरुले पनि मास्क, पञ्जा र हेयर कभर लगाएर पानीको जारलाई संक्रमण हुनबाट बचाउन मद्दत पुर्याउँछन्। सेवाग्राहीको अगाडि जारलाई यूभी लाईट र सेनिटाइजर स्प्रे गरेर मात्र डेलिभरी गरिने भएकाले सफा तथा संक्रमण रहित खानेपानी जार घरदैलोमा पुर्याउनेमा कम्पनी विश्वस्त रहेको छ।