सरकारले वैदेशिक व्यापार सहजीकरणका गर्ने भएको छ। व्यापारका लागि ३ दर्जन बढी सरकारी निकायको स्वीकृत आवश्यक पर्ने र त्यसका लागि व्यवसायीलाई झन्झट भएको भन्दै सरकारले सहजीकरण गर्ने प्रक्रिया अघि बढाएको छ।
अर्थमन्त्री डा युवराज खतिवडाले आयात तथा निर्यातका लागि चाहिने सरकारी स्वीकृतिका लागि २१ निकायको काम एकै ठाउँबाट हुने व्यवस्था मिलाइएको जानकारी दिए।
यसका लागि कार्यालय स्थापना गरिसकिएको तर त्यसका लागि जनशक्ती अभाव भएको बताए। जनशक्ती अभाव पुर्ति गर्नभन्दै सरकारले उक्त कार्यालयका लागि राजपत्राकंति सातजनाको अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय सरकारले गरेको सरकारका प्रवक्तासमेत रहेका खतिवडाले जानकारी दिए।