झन्डै एक दशकदेखि अनलाइन बजारमा सक्रिय 'अर्बन गर्ल' ले 'युजी बजार' एप लन्च गरेको छ।
शुक्रबार प्ले स्टोरमार्फत सार्वजनिक गरिएको एप मार्फत अत्यावश्यक खाद्य सामग्रीदेखि मनोरञ्जनका सामान र घर परिवारका लागि आवश्यक सामग्री उपलब्ध गराइने जनाइएको छ।
२०६८ सालमा स्थापना भएको 'अर्बन गर्ल' ले 'युजी बजार' मार्फत केक, टिसर्ट, पानीका बोतल, मेकअप, घर सजावट र विद्युतीय सामान बिक्री गर्दै आएको छ।
अर्बन गर्लद्वारा जारी विज्ञप्तिमा भनिएको छ- नेपालको अनलाइन सेवा विस्तार र विश्वसनीयतामाथि आज ग्राहकवर्गलाई आकर्षण गराउने कार्यमा अर्बन गर्लले पनि केही भूमिका खेल्न सक्यो भन्ने कुराले हामीलाई गर्व लाग्छ।
अर्बन गर्लको कामले यसका संस्थापक निकिता र किरण गत मार्च 'फोर्ब्स' पत्रिकाको 'एसियाका ३०० प्रभावशाली युवा' सूचीमा पर्न सफल भएका थिए।
गुणस्तरीय समान ग्राहकको घरदैलोमा पुर्याउँदै आएको युजी बजारले नेपाली युवा उद्यमशीलतालाई प्रमाणित गर्ने लक्ष्य लिएको छ।