नेपाल उद्योग वाणिज्य महासङ्घको प्रदेश १ समिति निर्विरोध चयन भएको छ । झापाका उद्योगी टिकाराज ढकालको अध्यक्षतामा निर्विरोध निर्वाचित नयाँ समितिले प्रदेश निजी क्षेत्रको तीन वर्ष नेतृत्व गर्नेछ ।
सोमबार साँझ विर्तामोडमा सम्पन्न महासङ्घको तेस्रो साधारण सभाले जिल्ला नगरतर्फको उपाध्यक्षमा भीमबहादुर पौडेल र एसोशिएटतर्फको उपाध्यक्षमा राजेन्द्र राउतलाई चयन गरेको छ । महासंघ कोषाध्यक्षमा रमेश राठी, जिल्ला नगर सदस्यमा युवराज शाक्य, कुमार भट्टराई, भुपाल राज कटुवाल, वीरेन्द्रकुमार साह, प्रितम खड्गी निर्वाचित भएका छन्।
वस्तुगत सदस्यहरुमा सुवास आचार्य र राजन श्रेष्ठ, एसोसिएट सदस्यमा रविनकुमार दाहाल, श्रवण कुमार अग्रवाल निर्वाचित भएको महासङ्घ प्रदेशका कार्यकारी निर्देशक श्याम भण्डारीले जानकारी दिए ।