अनलाइन फुड डेलिभरी प्ल्याटफर्म फुडमाण्डूले यो वर्षको अनलाइन फुड फेस्टिभल आजदेखि सुरु हुने भएको छ।
फुडमाण्डूले प्रविधिमा आधारित नेपालको सबैभन्दा ठूलो फुड फेस्टिभल सन् २०१७ देखि नियमितरुपमा आयोजना गर्दै आएको छ।
कम्पनीले उत्कृष्ट खानेकुराका साथै आफ्ना ग्राहकहरुलाई मनोरन्जनसमेत प्रदान गर्नका लागि आयोजना गरिएको जानकारी दिएको छ।
सात दिनसम्म सञ्चालन हुने अनलाइन फुड फेस्टिभलमा छुटमा खानेकुरा उपलब्ध हुने, अग्मेन्टेड रियालिटी गेम,पहिलो पटक लाइभ म्यूजिकको फिचर्स पनि थपेको छ।
लाइभ म्यूजिक इभेन्टमा ज्योभन भुजु, संजय महत, उज्वलमान श्रेष्ठ, प्रसन्ना अधिकारीलगायतका कलाकारहरुले आफ्नो विशेष प्रस्तुती दिने छन्।
फुडमाण्डूको अनलाइन फुड फेस्टिभलमा पहिलो पटक पोखरामासमेत आयोजना हुनेछ । कम्पनीले अघिल्लो सातादेखि पर्यटकीय नगरी पोखरामा आफ्नो सेवा बिस्तार गरेको थियो ।
कम्पनीले वार्षिकरुपमा आयोजना गर्ने अनलाइन फुड फेस्टिभलमा मोबाइल एप्समार्फत् अर्डर गर्ने ग्राहकहरुलाई आकर्षक क्यासब्याकका साथसाथै अधिकतम ५०० सय रुपैयाँ बराबरको २५ प्रतिशतसम्मको छुट अफर दिनेछ । क्यूआरमार्फत् हुने भुक्तानीमा अतिरिक्त छुट हुने छ।
अनलाइन फुड फेस्टिभलमा कम्पनीले १ रुपैयाँमा नै ग्राहकहरुलाई खानेकुरा उपलब्ध गराउने छ। गेमहरु खेलेर थप डिस्काउन्ट समेत प्राप्त सकिने छ।
फ्लाश सेलमा दिनको तीन पटक एक एक घण्टाको अफर आयोजना हुने छ। मिस्ट्री ब्यागमा न्यूनतम मूल्यमा सरप्राइज फुड प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ।
'हामीले अनलाइन फुड फेस्टिभलमा आफ्ना ग्राहकहरुलाई फुड अर्डर बिक्री गर्ने मात्र नभएर मनोरञ्जनसमेत दिन चाहन्छौं । यस वर्ष हामी फुड फेस्टिभलमार्फत् उत्कृष्ट खानासहित लाइभ म्यूजिक परफरमेन्समार्फत् मनोरञ्जन प्रदान गर्नेछौं' कम्पनीका मार्केटिङ एण्ड सेल्स म्यानेजर श्याम मालीले भने ।
फेस्टिभलमा काठमाडौंमा ३० र पोखरामा १४ वटा रेस्टुरेन्टहरु सहभागी हुनेछन्।
फेस्टिभलमा सहभागी हुनका लागि फुडमान्डूको मोबाइल एप्लीकेशन खोल्नुपर्ने छ। त्यसमा रहेको फेस्टिभल सेक्सनमा क्लिक गरेपछि एनिमेशन प्ले गरेर आफूले चाहेको खानेकुरा अर्डर गर्न तथा गेमहरु खेल्न सकिने छ।