ई-सेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हार लगायत थुप्रै पुरस्कार जित्न सकिने योजना सञ्चालन गरेको छ।
यस योजना अन्तर्गत मनकामना केबलकारको टिकट काट्दा एक जनाले हिराको हार, एक जनाले आइफोन १३, एक जनाले स्मार्ट टिभी र एक जनाले वासिङ मेसिन जित्न सक्नेछन्। साउन ३१ गतेसम्म सञ्चालन हुने यस योजनामा विजेता ४ जनाले आफूले रोजेको पुरस्कार प्राप्त गर्न सक्नेछन्।
विजेताहरू गोलाप्रथा मार्फत चयन गरिनेछ। यस योजनामा ई-सेवा मार्फत मनकामना केबलकारको टिकट खरिद गर्ने व्यक्ति सहभागी हुनेछन्। योजनामा सहभागी हुन ई-सेवामा भेरिफाइ (प्रमाणित) भएको हुनुपर्नेछ। अनलाइनमार्फत कारोबारमा प्रोत्साहन गर्नका लागि ई-सेवाले विभिन्न समयमा यस किसिमका कार्यक्रम सार्वजनिक गर्दै आएको छ।
ई-सेवाले हाल एण्ड्रोइड मोबाइलमा ५२ लाख र आइओस् मोबाइलमा करिब १० लाख गरि ६० लाख बढी ग्राहकलाई एपमार्फत सेवा प्रदान गरिरहेको छ। ई-सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ।
ई-सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टप-अप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।
ई-सेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९, १८:१७:०२