आइएमई सेवाग्राही मंगल बहादुर रोकाया 'आइएमई घरमै-१ लाख'को विजेता घोषित भएका छन्।
‘लक्की–ड्र’ मार्फत रोकाया विजेता घोषित भएका हुन्। विजेता रोकायाले एक लाख पुरस्कार प्राप्त गरेका छन्।
आइएमईले कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्किएर रेमिट गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नक 'आइएमई घरमै– रू. १ लाख जितौं' भन्ने उपहार कार्यक्रम योजना गत जेठ ३१ गतेबाट सुरू गरेको थियो।
हाल बाहिर निस्किदा काेराेना भाइरसकाे संक्रमण जाेखिम कम हुने भएकाले आफ्नो मोबाइल फोनमा नै रकम प्राप्त गर्न सकिने गरी यो सेवाग्राहीमुखी योजना सार्वजनिक गरिएको थियो।
असारको अन्त्यसम्म मात्र कायम 'आइएमई घरमै' उपहार योजनाबाट आइएमई गरिएको रकम आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई १ लाख र हरेक हप्ता ५ जनालाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने गरी सार्वजनिक गरिएको थियो।