मल्टी स्ट्यार्ड हाउस वाइरिङ तार, ग्यास सिलिण्डरमा जोडिने पाइप र जस्तापाताले अनिवार्यरूपमा नेपाल गुणस्तर चिन्ह(एनएस) लिनुपर्ने भएको छ। मङ्गलबारको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।
यसअघि यी वस्तुलाई एनएस चिन्ह लिन अनिवार्य गरिएको थिएन। मानिसको जिउधनसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएको एनएस चिन्ह अनिवार्य गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।
त्यस्तै, बैठकले उद्योग, औद्योगिक व्यवसाय ऐन अनुसूची ६ मा भएका तोकिएका सेवा व्यवसायहरूमा जल यात्रा, क्रुज (वाटर इन्टरटेन), बोटिङलाई पनि पर्यट उद्योगमा थप गरेको छ।
अनुसूची ८ को सेवा उद्योग सम्बन्धित लगानी कम्पनी पनि सेवा व्यवसायमा मन्त्री परिषद्को बैठकले निर्णय गरेको छ।