बाढी पहिरोले सडक अवरुद्ध भएपछि हेलिकप्टर उडान बढेको छ।
बुधबार मात्रै १६ ओटा हेलिकप्टरले सेवा दिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ। १६ ओटा हेलिकप्टरले १ सय २ जनालाई काठमाण्डौं ल्याएको र २८ जनालाई काठमाडौं बाहिर लगेको हो।
विमानस्थलकोअनुसार मंगलबार भने ५ ओटा हेलिकप्टरले मात्र डोमेस्टिक उडान गरेको थियो। जसमा १० जना काठमाडौं प्रवेश गरेका थिए भने ४ जाना काठमाडौंबाट बाहिरिएका थिए।