कोभिड -१९ को रोकथाम र नियन्त्रण गर्न हिमालय एअरलाइन्सले आम्दा अस्पताल दमकलाई स्वास्थ्य सामाग्री दिएको छ।
हिमालय एअरलाइन्सका अध्यक्ष झोउ एन्योगले आम्दा अस्पताललाई एक पोर्टेबल भेन्टीलेटर सहित ५ सय थान आरडीटी किट, १०० थान पीपीइ सेट, ५ सय थान एन-९५ मास्क, २ हजार जोर सर्जिकल मास्क, ५ हजार जोर डिस्पोजेबल पन्जा र ५ इन्फ्रारेड प्रदान गरेकाे हाे।
कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी) गुल्मीलाई पनि पीसीआर उपकरण प्रदान गरिएको छ।
केन्द्रलाइ पीसीआर (एनएई-३२, आइसीटिओबी-१६) उपकरण र अन्य अत्यावश्यक स्वास्थ्य उपकरण तथा सामाग्रीहरुः ५१ हजार २ सय थान डिस्पोजेबल मेडिकल मास्क, ६०६ थान मेडिकल फेस शिल्ड, ५७५ थान मेडिकल चस्मा, ४० थान मेडिकल इन्फ्रारेड थर्मोमिटर, ३५ जोर प्रोटेक्टिभ बुट र ५००० जोर डिस्पोजेबल पन्जा कोभिड -१९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी) प्रदान गरिएकाे छ।
ती स्वास्थ्य सामाग्रीहरु परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली र हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले संयुक्त रुपमा रेसुंगा नगरपालिकाका प्रमुख डिल्ली राज भुषाललाई प्रदान गरे।