फोन पे पेमेन्ट सर्भिसले दसैं लक्षित ‘फोन पे डाइरेक्टसँग,दशैँ धन मौका’ योजना ल्याएको छ।
यस योजनाअन्तर्गत फोन पे डाइरेक्टमार्फत बैंक तथा वित्तीय संस्थामा अन्तर बैंक कारोबार गर्दा हरेक दिन एक लाख रूपैयाँ जित्न सकिनेछ।
यो योजना कार्तिक १ देखि कार्तिक १४ गतेसम्म सञ्चालन हुने कम्पनीले बताएको छ। जसमा बम्पर उपहारमा ५ लाख जित्न सकिनेछ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले फोन पे ले यस्तो योजना सुरु गरेको बताएको छ। यस योजनामा क्यूआरमार्फत गरिने भुक्तानीलाई भने समावेश गरिएको छैन।