नेपाल विज्ञापन संघमा नयाँ नेतृत्व चयन गरिएको छ। शनिबार सम्पन्न संघको २१औं वार्षिक साधारण सभामा १०औं कार्यसमितिको चयन गरिएको हो।
आगामि ३ वर्षको कार्यकालको लागि सोम प्रसाद धितालको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष सुदिप थापा, द्वितिय उपाध्यक्ष पिताम्बर पोख्रेल ‘बिजय’, महासचिव कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्ष पंकज लाल प्रधान विजयी भएका छन्।
त्यसैगरी, सचिव सन्तोष खड्का, सह–कोषाध्यक्ष जिवन पोख्रेल, सदस्यहरुमा क्रमशः साजन श्रेष्ठ, विशाल पुरुष ढकाल, अरुणकाजी स्थापित, दिनेश पोख्रेल, कृष्ण मुरारी लामिछाने, बिधान राजभण्डारी विजय भएका छन्।
निर्वाचनमा तीन पद क्रमशः प्रथम उपाध्यक्ष, कोषाध्यक्ष, सह—कोषाध्यक्ष निर्विरोध चयन भएको छ।
सदस्य पदमा १५ जना प्रत्यासी र वरिष्ठ उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव तथा सचिव पदमा २/२ जना प्रत्यासी थिए।
संघको विधान अनुसार वरिष्ठ उपाध्यक्षले वर्तमान कार्यसमितिको ‘एस भोट’बाट आगामि कार्यकालको लागि स्वतः अध्यक्ष रहने प्रावधान छ। संघमा आवद्ध सम्पूर्ण सदस्यले मतदान गरेका थिए।
नेपाल विज्ञापन संघ नवनिर्वाचित पदाधिकारिहरु कार्यकाल २०७७ –२०८०
अध्यक्ष- सोम प्रसाद धिताल
वरिष्ठ उपाध्यक्ष- नारायण कुमार श्रेष्ठ
प्रथम उपाध्यक्ष- सुदिप थापा
दित उपाध्यक्ष-पिताम्बर पोख्रेल “बिजय”
महासचिव- कृष्ण प्रसाद घिमिरे
कोषाध्यक्ष- पंकजलाल प्रधान
सचिव- सन्तोष खड्का
सह–कोषाध्यक्ष- जिवन पोख्रेल
सदस्य- साजन श्रेष्ठ
सदस्य- बिशाल पुरुष ढकाल
सदस्य- अरुणकाजी स्थापित
सदस्य- दिनेश पोख्रेल
सदस्य- कृष्ण मुरारी लामिछाने
सदस्य- बिधान राजभण्डारी