अब बसको टिकट किन्दा ग्राहकले मोबाई मनी /वालेट बाट क्युआर स्क्यान गरेर फोनपे नेटवर्क अन्तर्गत भुक्तानी गर्न सक्नेछन्।
लक्ष्मी बैंकले लोहत्से बहुउदेश्यिय प्राली लिमिटेडको सहभागितामा बस टिकट बुकिङ्ग सेवाको भुक्तानी गर्न यस्तो सुविधा ल्याएको हो।
क्युआरद्वारा बस टिकटको भुक्तानी गर्न पाउने सेवा तत्काल काठमाडौंँको गोंगबु बसपार्कको टिकट काउन्टरहरुमा उपलब्ध हुने बताइएको छ।
यो सेवाले ग्राहकहरुलाई छिटो र सहज रुपले भुक्तानी गर्न सक्ने विश्वास बैंकले लिएको छ।