'साथीमार्ट'ले अबदेखि रोयल्टी नलिने भएको छ। नेपालकै सबभन्दा धेरै र नेपालभर शाखा सञ्जाल भएको साथीमार्टले यसअघि बजार विस्तार गर्नको लागि लिँदै आएको दुई प्रतिशत रोयल्टी नलिने घोषणा गरेको हो।
कुनै पनि वस्तुको विक्री तथा व्यापार वृद्धि गर्नमा केन्द्रित हुनुका लागि यसअघि लिइँदै आएको दुई प्रतिशत रोयल्टी नलिने कम्पनीका सिइओ सागर पोखरेलले जानकारी दिए।
मार्टले हाल सीमित अवधिको लागि फ्रेन्चाइज शुल्क समेत नलिने पोखरेलले बताए।
योसँगै अझ रफ्तारमा बजार विस्तार गर्न तथा स्टोरलाई सामान उपलब्ध गराउन ग्राहकलाई ३० प्रतिशतसम्म छुट दिन सहज हुने कम्पनीले जनाएको छ।
नेपालमै पहिलो पटक ‘ओ टु ओ’ कर्मश (अनलाइन टु अफलाइन) स्टोर संचालन गर्ने उद्धेश्यले स्थापित साथीमार्टको हाल ७० वटा आउटलेट सञ्चालनमा छन् भने करिब चार सय जनाले प्रत्यक्ष र ६ सयभन्दा बढीले अप्रत्यक्ष रोजगारी पाइरहेका छन्।
कम्पनीले साथी प्रडक्सनमार्फत् अचार, ड्राइफुड, चिया, कफी, दाल चामल, घ्यु गुन्द्रुकजस्ता नेपाली अर्गानिक वस्तुहरू तथा कस्मेटिक सामान, साबुन र सरफलगायत २ सयभन्दा बढी उत्पादन गरी आफ्नै आउटलेटबाट र आउटलेटलाई नै डिस्ट्रिब्युटर बनाई होलसेलमा विक्री गर्ने योजना समेत कम्पनीले बनाएको पोख्रेलले बताए।
छिट्टै अनलाइन सपिङमार्फत् मार्टले स्टोरबाट दिनभरि नै होम डेलिभरी सुविधा दिने र ब्रान्डिङ, विज्ञापन तथा उपहार योजना व्यापक गर्ने समेत तयारी समेत गरेको छ।
साथीमार्टले युनिलिभर, डाबर, पिएनजी, जिलेट, ओले, हुइस्पर, ब्रिटानिया, केलोक्स, हर्लिक्स, सेन्सोडाइन तथा अन्य ३० भन्दा बढी वस्तुहरूको आधिकारिक डिस्ट्रिब्युटरसीप समेत बनेको छ।
यस्तै, मार्टले केही सीमित अवधिको लागि आक्रमक रूपमा बजार विस्तारको लागि पुराना मार्टसँग मर्जर तथा नयाँ शाखा खोली काठमाडौंमा २०० को संख्या पुर्याउने लक्ष्य समेत राखेको छ।
सबै म्यानुअल तथा उच्च प्रविधिबाट सञ्चालन हुने तथा दशौं वर्ष रिटेलमा अनुभवी व्यक्तिबाट सपोर्ट हुनाले अर्काले खोलेभन्दा आधा लगानीमा ब्रान्डेड मार्ट पाइनेछ।
फ्रेन्चाइज पार्टनर बन्नको लागि उपभोक्ताले साथीमार्टको अफिसियल वेबसाइट (saathimart.com) वा ९८८०१२३१२३ मार्फत् आवेदन दिन सक्ने बताइएको छ।