‘द ब्रिटिस कलेज’ (टिबिसी)ले ‘टिबिसी जब फेयर– २०२१ सम्पन गरेको छ। शुक्रबार कलेजले थापाथलीस्थित आफ्नै भवनमा कार्यक्रम सम्पन्न गरेको हो। जब फेयरमा प्रतिष्ठित २८ कम्पनीहरुको सहभागिता थियो। दुई सय बढी विद्यार्र्थीहरुले अन्तक्रिया र अन्तवार्ता दिने अवसर पाएका थिए।
कलेजको पूर्व विद्यार्थीहरुसँगै स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत बिबिए, बिएस्सी (हन्स) कम्प्युटिङ तथा एसिसिएका विद्याथी, स्नातोकोत्तर तहको एमएस्सी आइटी, इएमबीए तथा एमआइबीएम तहका विद्यार्थीहरु पनि जब फेयरमा सहभागी भएका थिए।
जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा बिभिन्न क्षेत्रमा काम गर्दै आएका बहुर्राष्ट्रिय तथा नेपाली कम्पनीहरुको उपस्थिति थियो।
यती एयरलाइन्स, भास्तल इम्पेक्स (एमआई), योङ्ग इनोभेसन, उज्यालो फाउन्डेसन, ब्रेन डिजिट, निमा एकेडेमी, लिपफ्रग
टेक्नोलोजी, सिप्रदी ग्रुप, भोज डिल्स, एडभान्टेज ग्रुप, उपाय कार्गो लगायतका कम्पनीहरुको जब फेयरमा सहभागिता थियो।
सहभागि कम्पनीहरुलाई कलेजले ‘टोकन अफ आप्रिसिएसन’ प्रदान गरेको थियो।