नायक प्रदिप खड्कालाई पेप्सी नेपालले ब्राण्ड सद्भावना दूत बनाएको छ। खड्कालाई ब्राण्ड सद्भावना दुत बनाएर पेप्सीको प्रचार अभियान अघि बढाएको हो।
पेप्सीको नेपाल क्षेत्रका मार्केटिङ डाइरेक्टर नसीब पुरीले पेप्सी सधैं नै युवा पुस्ताहरुको रोजाईमा पर्ने गरेको बताए।
नायक खड्कालाई पेप्सीको सद्भावना दूतको रुपमा पाउँदा आफू अत्यन्तै उत्साहित भएको उनको भनाइ छ।
कम्पनीका अनुसार यो नयाँ टिभिसी पेप्सीको विज्ञापन टिभि, डिजिटल, आउटडोर र सामाजिक सञ्जालहरुमा प्रचार प्रसार गरिनेछ। पेप्सी सबै पसलहरुमा विभिन्न परिमाणमा उपलब्ध रहने छ।