खुकुरी रमका उत्पादक द नेपाल डिस्टिलरिजले नेपालको पवित्र हिमालयहरुको संरक्षण र सफाई अभियानमा साझेदारी गर्ने भएको छ।
नेपाली सेनाको अगुवाइमा सम्पन्न हुन लागेको ऐतिहासिक स्वच्छ हिमालय कार्यक्रम २०२१ मा आफ्नो साझेदारीको उद्घोष गरेको हो।
यो कार्यक्रमले ल्होत्से, मकालु, धवलागिरि, पुमोरी, अमादब्लम र सबैभन्दा महत्वपूर्ण विश्वकै सर्वोच्च शिखर सगरमाथाको आधार शिविरहरु र त्यसको सेरोफेरोहरुको सरसफाई गर्ने लक्ष्य राखेको छ।
यस अभियानको थालनी गत चैत २९ गतेबाट भएको हो। यो अभियान जेठ ५ विश्व वातावरण दिवसको दिनसम्म सञ्चालन गरी सोही दिन समापन गरिनेछ।