इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले गर्मी मौसमलाई मध्येनजर गरेर विभिन्न प्रकारका आकर्षक एयर कुलरहरु बजारमा ल्याएको छ।
एयर कुलर चार प्रकारमा विभिन्न साइजमा छन्। जस अन्तर्गत डेर्जट कुलर, टावर कुलर, पर्सनल कुलर र विन्डो कुलर छन्। यि कुलरहरुलाई सहज रुपमा चलाउन रिमोटको व्यवस्था गरिएको छ।
यी कुलरहरुमा रहेको कन्सिल कपर मोटरले मोटरलाई पाताले पुरै छोपेर राखिएको हुन्छ, जसकारण पानीको चुहावट भएमा पनि केही हानी गर्दैन। यो बत्ति नभएको अवस्थामा पनि इन्भर्टरको सहायताले चलाउन सकिन्छ।
त्यस्तै यसमा आल्मुनियम ब्लेड, हनिकम प्याड, कार्बन फिल्टर, भिटामीन सि फिल्टर, डस्ट फिल्टर नेट आदी जस्ता विशेषताहरु छन्।
यसमा पावरफुल मोटरको प्रयोग गरिएको छ, जसले गर्दा कुलरले मज्जाले काम गर्दछ। यी एयर कुलरहरुले हावालाई विभिन्न तरिकाले छरिएर चिसो बनाई आनन्दको महसुस गराउँछ।
कम्पनीले यसमा १२ महिनाको वारेन्टी दिएको छ। ४३ भन्दा बढी सिजीका आफ्नै सर्भिस सेन्टरहरु भएका हुनाले कुलर बिग्रिए हाले पनि सहजै बनाउन सकिन्छ।