अनलाइन टु अफलाइन (ओटुओ) इ-कमर्सको उद्देश्यले स्थापित, ७० वटा आउटलेट रहेको 'साथीमार्ट'ले निषेधाज्ञाको समयमा अनलाइन अर्डर लिएर नि:शुल्क डेलिभरी गर्ने भएको छ।
अनलाइन सपिङ गर्न साथीमार्टको आधिकारिक वेबसाइट (WWW.SAATHIMART.COM) मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गर्न सकिन्छ। कम्पनीले हाल वेबसाइटको 'बेटा भर्सन' सार्वजनिक गरेको हो।
अर्डर गरेको २४ घन्टाभित्र डेलिभरी दिइने साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए।
अनलाइन सपिङमा ३३ प्रतिशतसम्म छुटको प्रदान गरिने पोख्रेलले बताए।
तत्काल काठमाडौं उपत्यकामा मात्र लागू गरिएको अनलाइन अर्डर छिट्टै देशभर सञ्चालन गरिने बताइएको छ।
निषेधाज्ञाको समयमा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै अनलाइन सपिङलाई जोड दिइएको पोख्रेलको भनाइ छ।
साथै, सम्बन्धित निकायले तोकेको समयमा स्वास्थ्य सुरक्षाको प्रावधानलाई पालना गरेर मार्टहरू सञ्चालन हुने बताइएको छ।