केन्द्रीय तथ्यांक विभागले चालु वर्षको आर्थिक वृद्धिदर ३.९८ प्रतिशतले हुने अनुमान गरेको छ। चालु आर्थिक वर्षको राष्ट्रिय लेखा सम्बन्धि विवरण सार्वजनिक गर्दै विभागले अघिल्लो वर्ष ऋणात्मक भएको अर्थतन्त्र यो वर्ष पुनरुत्थान हुने अनुमान गरेको हो।
कोरोना महामारीका कारण गएको वर्ष अर्थतन्त्र २.१ प्रतिशतले ऋणात्मक भएको थियो। यो वर्षको पनि पहिलो त्राइमास सम्म ऋणात्मक रहेपनि पछिल्लो समयका आर्थिक गतिविधि सकारात्मक भएको र आगामी त्राइमासमा अझ बढ्ने अनुमान गर्दै विभागले आधार मूल्यमा अर्थतन्त्र करिब चार प्रतिशतले विस्तारित हुने अनुमान गरेको हो।
यद्यपी पछिल्लो समय बढेको कोरोनाको दोस्रो लहरको प्रभावका बारेमा भने कुनै अनुमान नगरिकएको विभागले प्रष्ट पारेको छ। दोस्रो लहरका कारणले नेपालको अर्थतन्त्र कति प्रभावित हुन्छ भनेर कुनै अनुमान नगरिपनि सामन्यतया २ हप्तापछि अवस्था सामन्य हुने विभागको विश्वास छ।
चालु वर्ष कृषिको बृद्धिदिर २.६४ प्रतिशत र गैरकृषि क्षेत्रको ४.५७ प्रतिशत हुने विभागको अनुमान रहेको छ।