लर्नहबले लकडाउनको समयमा विद्यार्थीहरुलाई अनलाइन शिक्षा दिइरहेको छ।
लर्नहबले बालबालिकाहरुलाई विभिन्न खेलको माध्यमबाट कोडिङको प्रशिक्षण दिन्छ। विद्यार्थीहरुलाई डेभलपरको रुपमा विकास गराउन मद्दत गर्ने लर्नहबको भनाइ छ।
लर्नहबका अनुसार कक्षा १ देखि कक्षा १० सम्मको विद्यार्थीहरुको लागि लर्नहब एउटा प्रभावकारी प्लेटलफर्म बन्न सफल भएको छ।
लर्नहब मार्फत विद्यार्थीहरुले सिर्जनात्मक क्रियाकलाप, मष्तिस्क विकास, संख्या गणना लगायतका विषयहरु पनि शिक्षा हासिल गरिरहेका छन्।
लर्नहबले विद्यार्थीहरुलाई लाइभ कक्षा मार्फत शिक्षा प्रदान गरिरहेको छ। प्रत्यक विद्यार्थीहरुको लागि छुट्टाछुट्टै तालिम प्राप्त शिक्षकको व्यवस्था गरिएको बताइएको छ। कक्षा हप्तामा दुई घण्टा सञ्चालन गरिनेछ।
एउटा कक्षा एक घण्टाको हुनेछ। साथै विद्यार्थीले आफ्नो समयानुकुल शिक्षकको समय मिल्ने गरी आफ्नो कक्षाको समय आफैँ तय गर्न सक्नेछन्।