हेली एभरेष्टका तीन जना निर्देशकले सगरमाथा आरोहण गरेका छन् ।टसी लाक्पा शेर्पा,पाइलट केशब प्रसाद गौचन(सोवित) र फुर्वा छिरिङ शेर्पाले एकैपटक सफल आरोहण गरेका हुन्।
हेली एभरेष्टका प्रबन्ध निर्देशक फुरगेल्जे शेर्पा(फुर्वा) तीनजना निर्देशकले सफल आरोहण गरेको जानकारी दिएका छन्। हेलिकप्टरको सेवा नै पर्वतीय क्षेत्रमा केन्द्रित भएकाले हिमाल आरोहण कम्पनीका लागि पनि गौरवको विषय भएको उनको भनाइ छ।
आरोहणीमध्येका टसी लाक्पा विश्वभरका ८ हजार भन्दा माथिका सबै हिमाल आरोहण गरिसकेका आरोही हुन्।