काठमाडौं म्यारियट होटलले सिएम पाठशालाई सहयोग गरेको छ।
कोरोना महामारीका कारण सहायता न्यून भएकाले दैनिक सञ्चालनमा कठिन हनसक्ने भन्दै उक्त पाठशालालाई सहयोग गरिएको म्यारियटले जानकारी दिएको छ।
काठमाडौंको जोरपाटीमा रहेको गैर–नाफामुखी पाठशालामा मजदुर बालबालिका निःशुल्क अध्ययन गर्दै आएका छन्।
म्यारियटले कतार हर रोयल हाइनेस शेख आश्मा अल थानी र किवानीस इन्टरनेशनल नेपालसँगको साझेदारीमा खाद्यान्न र सरसफाईका सामानहरु वितरण गरेको हो।