सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। तपाईंहरू पनि आफ्ना नानीबाबुलाई फुर्सदको समय लेखपढमा लगाउनुहोला।
उनीहरूलाई नेपाली भाषामा आफ्ना अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक लेखनमा प्रेरित गर्नुहोला। ती लेख तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मैले तिमीलाई बनाएँ
तिमीले बिगार्यौ मेरो रूप
आफ्नो आकांक्षा पूरा गर्नलाई
आफ्नो महत्वाकांक्षाको चुली थप्दै
जब तिमी मदहोस भयौ
मेरो अस्तित्व नै संकटमा पार्यौ
किनकी
तिमी औंला दिँदा डुँडुलो निल्छाै
म त परेँ तिम्री आमा
तर आमाको स्नेहको बदलामा
तिमीले मलाई लात हान्यौ
किनकी
मेराे माया र देनले पनि
तिम्रो पेट भर्न सकेन
तिमीलाई खुसी पार्न सकेन
बोल्न सक्ने भए भन्थेँ होला
मलाई उपयोग गर
शोषण नगर
अझै पनि आमाजस्तै भएर पाठ सिकाउँथे होला
मायालु स्नेह दिँदै
कति पनि रिसाउन्नथेँ होला
किनकी तिम्रै आमा भएकीले
मैले मेरा दूध धाराको प्यार दिएँ
तर
तिम्रै लापरबाहीले
आज तिम्लाई रूवायो
मैले सक्ने नै भए
तिमीलाई सर्वश्व दिएर सुखमा पल्थेँ पनि होला
तर
जगतकै आमा परिछु
तिमीलाई सबथोक दिन सक्दिनँ पनि
मेरा अरु सन्तान भएकाले
तिमीलाई नै दिएर
जगतका अरू प्राणीको पाप पनि बोल्न सक्दिनँ
मलाई शोषण नगर
मेरो स्नेहको समुद्रमा पनि
तिम्ले षड्यन्त्र रच्न भ्याएछौ
विकास र उद्योग भन्दै
मेरै विनाश गरेछौ
जानीजानी हो या भूलवश
मैले पत्ता लगाउन सकिनँ
तर
आफ्नै कुकृत्यले आज महामारीको संकटमा रोइरहेछौ
तिमीले चाहे
महामारी प्रदुषणबाट जोगाउँथे पनि होला
तर आजसम्म प्रविधिबाट नै बाचिँरहेका छौ
आफ्नो आविष्कारलाई मभन्दा शक्तिशाली भन्ठान्यौ
तिम्रो भूल हो यो, म सुधार्न चाहन्छु
तर बिडम्बना
तिमी तत्पर छैनौं..।।
(दिवश पाैडेल कीर्तिपुरस्थित ल्याबाेरेटरी सेकेन्डरी स्कुलमा, कक्षा १० मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com
यी पनि पढ्नुस्ः
'मामुबाबाले हाम्रो कुरा ध्यान दिएर सुनेको देख्दा अझै सुनाऊँ जस्ताे लाग्छ'
'नैतिक बन्न प्रेरित गर्ने किताब खोजी-खोजी पढ्नुपर्छ'
'चेसमा हजुरआमालाई सधैं जित्छु'
'कहिले घरबाहिर बस्नुपर्ने, कहिले घरभित्र'
'माइतीघर फिल्म हेर्नुस् है, युट्युबमै छ'
'आजकाल हामीहरू छतबाटै हेराहेर र अलिअलि गफ गर्छौं'
'आन फ्रान्क जस्तै म पनि डायरी लेखिरहेकाे छु'
'खरायो र हाम्रो दिनचर्या उस्तै छ आजकाल'
'आफ्नो कोठा सफा गर्न र ओछ्यान मिलाउन थालेँ'
'परिवारसँग मोजमस्ती गरेर बसेको छु'
'सूर्यमा १३ लाख पृथ्वी अटाउन सक्ने रहेछ, मलाई थाहै थिएन'
पहिले बाबा-मामुलाई फुर्सद हुन्न थियो, अहिले उहाँहरूसँग समय बिताउन पाएकी छु
घर बसेका हामी केटाकेटीले के गर्न सक्छौं?