सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोना तिमी थाहा नै नदिई यसरी आयौ,
सबको मन-मुटु नै हल्लायौ,
सबैलाई घरभित्र थुनी, आफू विश्व भ्रमणमा लाग्यौ।
अनेक हतियारले निम्त्याउन नसकेको कहर, तिमी एक्लैले निम्त्याइदियौ,
मानिस-मानिसका बीच पर्खाल बनी खडा भइदियौ,
एक मानिसले अर्को मानिसलाई देखेर तर्सने बखत बनाइदियौ,
आफ्नाे मुटुभन्दा धेरै माया गर्नेलाई कठिनाई हुँदा निर्दयी भई तर्किने बनायौ,
यो कस्तो परिकल्पना रच्यौ, आफ्नाबाट आफ्नैलाई पराई बनाइदियौ।
हामी विकासतिर उन्मुख भएका बेला थचक्क बसाली दियौ,
अर्थतन्त्रलाई मन्दीतिर धकेली 'क्राइसिस' मात्र होइन 'क्र्यास' गराइदियौ,
धनी र गरिबबीच खाडल अझ गहिरो बनायौ,
कतिलाई हातमुख जोर्न मुश्किल पारिदियौ,
कतिलाई घर न घाटको बनायौ,
जीवनलाई तहसनहस पारिदियौ।
कोरोना तिमीले विश्वमा नै तहल्का मच्चायौ,
सबैलाई काबुमा राखी विश्वमै 'भाइरल' बनिदियौ,
चुपचाप शासन गर्न सकिन्छ भनेर उदाहरण खडा गराइदियौ,
विश्वका मै हुँ भन्ने शासकलाई त्राही-त्राही बनाइदियौ।
भो अब त, अति भयो, मै हुँ भन्नेहरू पनि आत्तिसके,
अरूलाई दुःख दिनेहरू पनि थाकिसके,
अब त तिमी शान्त भइदेऊ,
मानव जातिलाई प्रायश्चित गर्न देऊ।
(अभिनव गौली नाइटिंगल स्कुलमा कक्षा १० मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com