यता हेर्यो, उता हेर्यो, जताततै डरै डर
गाउँ सहर पस्यौ की लाग्छ तिम्रै डर
न त तिम्रो भर, न त आफन्तको भर
२१ औँ शताब्दीमा फैलियो कोरोना कहर
मान्छे मान्छे बीच सर्ने यो कस्तो जहर
पलपल गन्दै बाँचेका छौँ प्रत्येक प्रहर
कता कता जन मनमा चिसो पस्दैछ डर
हे पशुपति नाथ अब त तिम्रै छ है भर।
सहर बजारमा पस्ला की भन्ने डर
गाउँघरमा घुस्ला की भन्ने डर
पसलबाट घर छिर्ला की भन्ने डर
पसल पस्नै डर, सहर हिड्नै डर,
छर छिमेकी आए, नआऊ भन्न डर
आए कोरोना ल्याए की भन्ने डर
कता कता जन मनमा चिसो पस्दैछ डर
हे पशुपति नाथ अब त तिम्रै छ है भर।
घरकालाई कतै नजानु भन्यो रिसाउने डर
घुमेर आए कोरोना ल्याए की भन्ने डर
समाचार सुने झनै डर नसुने पनि डर डर
छोडेन यसले कसैलाई लास हेरे पनि डर
ज्वरो रुघाखोकी आ’कै हो तर यसबेला
हाँच्छिऊ खोक्दा र ज्वरो आऊदा पनि डर।
कता कता जन मनमा चिसो पस्दैछ डर
हे पशुपतिनाथ अब त तिम्रै छ है भर।
साबुन पानीले मिचिमिची हात धुन बिर्से डर
टाउको दुखे झाडा पखाला लागे झनै डर
अस्पताल गए डाक्टर नभेटिने की भन्ने डर
औषधी भेटिएनन् भने मरिन्छ त्यसै मर्ने डर
गरौँ सँगै कोटीकोटी प्राथना त्यतै आउने डर
नगरौ अझै ताण्डव नृत्य देखाउने डर
कता-कता जन मनमा चिसो पस्दैछ डर
हे पशुपतिनाथ अब त तिम्रै छ है भर।