तिमीलाई प्रेमको सरिता पोखेँ भन्दै
बदलामा मायाको सागर पाउने आश छैन।
मेरो मनमा प्रेम बाहर सदा तिम्रै लागि
तिम्रो धोकाको बदला लिने कुनै राज छैन।
म त त्यो टाढा मिरमिरे तारा तिम्रो मुटुको
दियो झैँ छाती पोलेर तिम्रो जिन्दगीदेखि निभ्ने हतास छैन।
वरिपरि तिम्रा चाहनेहरूले झुटो प्रशंसा गर्दा
सुन्दर मुहारमा शसिको त्यो कालो दाग बन्ने बात छैन।
संसार देखावटी र प्रभुत्व खोज्छ रागमा पनि
यो सबै जानी जानी तिमी मुसु-मुसु हाँस्ने प्रभात छैन।
अब देखाउने र मक्ख परी हेर्नेको नाटकै भयो
आफ्नो लयमै जित्छु जिन्दगी कुनै अनौठो खिताब छैन।
ढकेल्ने र हुत्याउने त चलन हो द्वन्दमा
हरेस खाएर कालो ओडारमा बस भन्ने किताब छैन।