काठमाडौं उपत्यकाभित्र पनि कोरोना संक्रमित संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटघाटका कार्यक्रम रोकेका छन्।
कोरोना महामारीमा सचेत र सजक रहन पौडेलको सचिवालयले विज्ञप्ति निकाल्दै तत्कालका लागि भेटघाटका कार्यक्रम बन्द गरिएको जानकारी दिएको छ।
‘अत्यावश्यक बाहेकका भेटघाट कार्यक्रम केहि समयका लागि बन्द गरिएको छ,’ पौडेलको सचिवालयले भनेको छ। काम परेमा भर्चुअल बैठक र टेलिफोनबाट कुराकानी गर्न पौडेलको सचिवालयले आग्रह गरेको हो।
यसअघि लकडाउनका बेला पनि पौडेलले भेटघाटलाई रोकेका थिए।
हेर्नुस् विज्ञप्ति: