नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्ष वामदेव गौतमलाई भेटेका छन्।
उपाध्यक्ष गौतमलाई भेट्न प्रचण्ड गौतम निवास भैंसेपाटी पुगेका हुन्।
मंगलबार बिहान दुई नेताबीच भेट भएको हो।
भैंसेपाटी पुगेका प्रचण्डलाई गौतमले आफ्नो ६ बुँदे प्रस्तावमा सहमत हुन आग्रह गरेको स्रोतले बतायो।
यसअघि गत साता गौतमलाई भेट्न प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली भैंसेपाटी पुगेका थिए। भैंसेपाटीमा प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित पुगेका थिए।
साउन १३ गते उपाध्यक्ष गौतमले पार्टी विवादको समाधानका लागि ६ बुँदे प्रस्ताव राखेका थिए। प्रस्तावमा अर्को आम निर्वाचनसम्म ओली प्रधानमन्त्री र महाधिवेशनसम्म अध्यक्ष रहने रहेको थियो। त्यस्तै प्रचण्डलाई कार्यकारीको भूमिकामा काम गर्न दिने र पार्टीका बैठक धुम्बाराहीमा गर्ने लगायत थियो।