गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोना संक्रमित संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेकोले पिसीआरको दायरा वृद्धि गर्न सरकारलाई सुझाव दिएको छ।
प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले बिहीबार अपिल जारी गर्दै पिसीआर परीक्षणको दायरा वृद्धि गर्न, क्वारेन्टिन, आइसोलेसनको क्षमता र गुणस्तर बढाउन सरकारसँग माग गरेका हुन्।
जोखिममा परेका समुदायलाई उपचार र सहयोग तथा रोजगारीको व्यवस्थापन मिलाउन पनि प्रतिष्ठानले माग गरेको छ। ई:लगायतले उठाएका माग सम्बोधन गर्न पनि जोशीले सरकारलाई आग्रह गरेका हुन्।
यस्तो छ अपिल:
कोभिड–१९ को संक्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी आगामी दिनमा के गर्ने विषयमा विमर्श भएका कुराहरु सार्वजनिक भएका छन्।
कोभिड–१९ महामारीसंग भिडेर त्यसमाथि विजय प्राप्त गर्न आवश्यक पूर्व तयारीका लागि विगतमा लकडाउन गरिएको भएतापनि लकडाउन अवधिको पूर्ण सदुपयोग नगरिएको तितो यथार्थ हामि संग रह्यो।
पूर्वतयारीको अभाव, खराब शसकीय अभ्यास, दुरदृष्टिको अभाव, प्रभावकारी योजनाको अभाव, जनतालाई सुसुचित नगरिएको जस्ता कुराले लकडाउनले कोरोना भाईरसको प्रसार त रोक्न सकेन नै यसले आमनागरिकलाई असह्य पीडा थप्ने काम गर्यो।
यसबाट सिर्जित चरम आर्थिक संकट, मूल्यबृद्धि, भोकमरी, मानसिक स्वास्थ्य समस्या, रोगव्याधिको उपचार पाउन नसकेको अवस्था, कोभिड–१९ संक्रमण र मृत्यूको जोखिम उठाउन नेपाली जनता बाध्य भएका छन्।
कोभिड–१९ गर्दा सिर्जित समस्याको संदर्भमा यस प्रतिष्ठानले निरन्तर उठाएका विषयहरु जस्तै पिसीआर परीक्षणको दायरा बढाउनुपर्ने, क्वारन्टाईन र उपाचारको क्षमता र गुणस्तर अभिवृद्धि हुनु पर्ने, जोखिममा रहेका समुदायलाई उपचार र सहयोगका साथै रोजगारीको सुनिश्चितता हुनुपर्ने, भारतलगायत अन्य मुलुकबाट आएकाको अनिवार्य पीसीआर परीक्षण गरि क्वारेन्टाईनको उचित व्यवस्थापन गरि राख्ने, अनुगमन सहितको आवागमन जस्ता कुराहरुको औचित्य पुन प्रमाणित भएको छ।
यस्ता विषयहरुमा सरकार विगतमा गम्भिर नहुनु विडम्बना हो।
कोभिड–१९ नियंत्रणको लागि प्रभावकारी र पारदर्शी कार्यक्रम संचालन गर्न देशव्यापी रुपमा यूवाहरुको स्वतस्फूर्त आन्दोलन जारी छ। यी मध्ये यस आन्दोलनका अभियन्ता ई विगत १८ दिन देखी सत्याग्रहमा छन् र उनको स्वास्थ्य अवस्था प्रतिकूल हुँदै गैराखेको छ।
यी यूवा आन्दोलनकारी हरुको माग प्रति यस प्रतिष्ठान एक्यवद्धता व्यक्त गर्दछ र सरकारलाई आन्दोलनकारीहरुको माग तत्काल पूरा गर्न आह्वान गर्दछ।
देशव्यापी लकडाउनले समस्या अझ गहिरो हुन सक्ने अवस्थालाई मनन गर्दै यथेष्ठ पूर्वतयारी, संबन्धित निकायहरुका बीचमा समन्वय, आम नागरिकलाई पूर्ण सूचना, अस्पतालको क्षमता बृद्धिका साथै पिसीआर परीक्षण र सम्पर्कमा आएका व्यक्तिको पहिचानद्वारा संक्रमणको उच्च जोखिम स्थल पहिचान गरी आवश्यक सावधानी र उपचारको उपलब्धता सुनिश्चित गर्ने तर्फ जिम्मेवारी पूर्वक कार्य गर्न हामी नेपाल सरकारलाई अनुरोध गर्दछौं।
यस संकटको घडीमा आमनागरिकको सुरक्षाप्रतिको दायीत्व पुरा गर्ने दिशा तर्फ कुनै पनि प्रकारको हेलचेक्रयाई नहोस भनि सरकारलाई खबरदारी गर्दै सचेत गराउन चाहन्छौं। यसका साथै आम नागरिकलाई सुरक्षित दूरी कायम गर्ने, मास्क लगाउने, हात धुने जस्ता कार्यलाई अनुशासित रुपमा निरन्तर गरिरहन सादर आग्रह गर्दछौं।
नवीन्द्रराज जोशी
अध्यक्ष, गणेशमान सिंह अध्ययन प्रतिष्ठान