स्वास्थ्य मन्त्रालयका तीन जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले तीन जना कर्मचारीलाई संक्रमण भएको पुष्टि गरे।
संक्रमितमध्ये दुई जना लेखा शाखामा कार्यरत कर्मचारी र एकजना कार्यालय सहयोगी छन्।
संक्रमितहरूलाई आइसोलेसनमा राख्ने तयारी भएको प्रवक्ता गौतमले जनाए। साथै उनीहरूको सम्पर्कमा आएका मन्त्रालयका अन्य कर्मचारीको पनि तीनचार दिनमा परीक्षण गर्ने मन्त्रालयले जनाएको छ।
कोभिड संकट व्यवस्थापान केन्द्र 'सिसिएमसी' ले बिहीबार मन्त्रालयका ८२ जना कर्मचारीहरूको स्वाब संकलन गरेको थियो।
*यसअघि समाचारमा चार जना संक्रमित उल्लेख गरिएकोमा सच्याइएको छ।