कांग्रेस केन्द्रीय समितिको बैठक असोज १९ गते हुने भएको छ।
सोमबार विज्ञप्ति जारी गर्दै कांग्रेसले केन्द्रीय समितिको बैठक असोज १९ गते दिउँसो दुई बजे ललितपुरस्थित बिपी स्मृती भवनमा हुने जानकारी दिएको हो।
उक्त बैठक आउँदो १४ औँ महाअधिवेशनको तयारी सन्दर्भमा हुने छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थितिको लागि अनुरोध गरिएको छ।
साथै बैठकमा सहभागी हुन अनिवार्य पिसिआर परीक्षण समेत गराउनु पर्ने भएको छ। त्यसको लागि पार्टीले केन्द्रीय कार्यालयमा असोज १५ गते पिसिआर परीक्षण गराउने भएको हो। सो परीक्षण बिहान ११ बजे देखि ३ बजे सम्म गराउने विज्ञप्तिमार्फत जानकारी दिएको हो।