नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ।
शनिबार मध्याह्न १२ बजे पेरिसडाँडामा स्थायी कमिटी बैठक राखिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
उनका अनुसार शनिबार बसेको पदाधिकारीहरूको अनौपचारिक बैठकले पार्टीका हालका एजेन्डाहरूमाथि अनौपचारिक छलफल गरेका थिए।
‘भोलि बस्ने स्थायी कमिटी बैठकमा थप एजेन्डामाथि छलफल हुन्छ,’ श्रेष्ठले भने।
प्रधानमन्त्री केपी ओलीले गैरसंवैधानिक रुपमा प्रतिनिधिसभा विघटनपछि नेकपा दाहाल-नेपाल पक्ष आन्दोलनमा छ।