नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति झन् रहस्यमयी बाटोतर्फ गइरहेको बताएका छन्।
संसदले पूरा आयु बाँच्न पाउँछ कि पाउँदैन भन्ने खालका प्रश्नहरू रहेको उनले बताए।
‘राजनीति झन् रहस्यमयी बाटोतर्फ जाँदैछ। धेरै संशयका कुरा छन्,’ शुक्रबार संसद भवनमा पत्रकारहरूसँग भने, ‘अब यो पहिलो कुरा त संसदलाई फाल्ने पर्यत्न झन् जारी नै छ।’
उनले संविधान र जनताले बाँच्न पाउँछन् कि पाउँदैन भन्ने प्रश्न पनि रहेको बताए।
भिडिओ: