नेपाली कांग्रेसकी केन्द्रिय सदस्य एवम सांसद डा.डिला संग्रौलाले निषेधाज्ञाका कारण न्यून आय भएका सर्वसाधारणको जीवन रक्षाका लागि कार्ययोजना ल्याउन माग गरेकी छन्।
उनले सरकार कोभिडबाट आम नागरिकलाई राहत दिने र विरामीलाई स्वास्थ्य सेवामा सहज पहुँच दिलाउने दिशामा पूर्णतया असफल आरोप लगाउँदै न्यून आय भएका सर्वसाधारणको जीवन रक्षाका लागि कार्ययोजना ल्याउन माग गरेकी हुन्।
उनले नेपालको संविधान २०७२ ले हरेक नागरिकको सुरक्षित र सहज जीवन प्रत्याभूत गरेकाले अहिलेको प्रमुख आवश्यकता जनताको जिउज्यान जोगाउनुसँगै सबैले खान र बाँच्न पाउनुपर्ने कुराको सुनिश्चितता गर्नु हो, उनले भनिन् ।
सरकारले महामारीलाई प्राथमिकतामा राख्ने र गम्भीरताका साथ महामारी नियन्त्रणका उपायमा अघि बढ्न नसोचेको भन्दै संग्रौलाले अक्सिजन व्यवस्थापन गर्न र क्षतिलाई न्यूनिकरण गर्न बुँदागत सुझावहरु पेस गरेकी छन्।