प्रधानमन्त्री शेरबहादुर देउवाले जनतामा देखिने खालका काम गर्ने आफ्नो सरकारको प्राथमिकता रहेको बताएका छन्।
उनले ६-७ महिनाभित्रै त्यस्ता काम थालिने बताए।
प्रतिनिधिसभालाई सम्बोधन गर्दै शुक्रबार देउवाले अहिले कोरोनाविरूद्धको खोप ल्याउनु सरकारको मुख्य चुनौती रहेको बताए।
देउवाले ऋण वा सापटी लिएर जहाँ-जहाँबाट पाइन्छ खोप जनतालाई उपलब्ध गराउने बताए। ‘जति महंगो भए पनि किनेर खोप ल्याउँछौं,’ उनले भने।
उनले आफ्नो सरकारमा धेरै अनुभव राजनीतिज्ञहरू रहेको बताएका छन्। ‘संयुक्त सरकार छ, अनुभवी नेता हुनुहुन्छ, पुष्पकमल दाहालजी, उपेन्द्र यादवजीरू हुनुहुन्छ,’ उनले भने, ‘धेरै सांसदको समर्थन प्राप्त भएको छ, सबैलाई धन्यवाद दिन चाहन्छु।’