नेपाली कांग्रेस संखुवासभा जिल्ला कार्यसमितिको सभापतिमा दीपक खड्का विजयी भएका छन्।
आज बिहान आएको मतपरिणामअनुसार खड्काले एक हजार एक सय ९८ मत ल्याएर सभापतिमा विजयी भएका हुन्।
खड्का वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्।
उनले सभापतिका अर्का उम्मेदवार राईमान राईलाई हराएका हुन्। राईले जम्मा ११० मत मात्रै ल्याएका थिए। उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।
उनी पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्रीसमेत हुन्। यहाँ कूल एक हजार तीन सय ५२ मत खसेको थियो।
उपसभापतिमा राजकुमार जिमी र अनन्त गौली निर्वाचित भए भने सचिवमा टकमान घले र कुमारबाबु अधिकारी तथा सहसचिवमा किशोरकुमार गुरूङ र सुवास कालाखेती विजयी भएका छन्।