नेपाली कांग्रेस दोलखाको जिल्ला अधिवेशनमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सकेनन्।
आज दोस्रो चरणमा मतदान हुने तयारी छ।
सभापतिमा बर्मा लामाले ६४३ मत ल्याएका थिए भने तारा खड्काले ३९७ र रूद्रबहादुर खड्काले ३५८ मत ल्याएका थिए।
बर्मा वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् भने खड्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र रूद्र सभापति देउवानिकट मानिन्छन्।
सभापतिमा उठेका केशवराज चौलागाईंले ९५ मत ल्याएका थिए।
अब पहिलो मत ल्याउने लामा र दोस्रो मत ल्याउने खड्काबीच सोमबार सभापति पदका लागि फेरि चुनाव हुने भएको छ।
देउवा पक्षका रूद्रले जसलाई सहयोग गर्यो उही सभापति पदमा निर्वाचित हुन सक्छन्।
कांग्रेस विधानअनुसार खसेको मतको ५१ प्रतिशत ल्याए मात्रै सभापति पदमा विजयी हुने व्यवस्था छ।