नेपाली कांग्रेस ताप्लेजुङको सभापतिमा गजेन्द्रप्रसाद तुम्याहाङ निर्वाचित भएका छन्।
उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। उनले छविलाल गुरूङलाई हराएका हुन्। छविलाल संस्थापनइतर समूहबाट सभापति पदका उम्मेदवार बनेका थिए।
उपसभापतिमा गणेश चोङ्वाङ, डिल्लीरमण बराल, सचिवमा डम्बर हाङ्गाम र नन्दकुमार ओझा निर्वाचित भएका छन्।
सहसचिवमा तेज सुनुवार जङ्ग र नन्दकुमार आङ्बुहाङ निर्वाचित भएको निर्वाचन अधिकृत तिलक पाण्डेले बताए।
एक उपसभापतिबाहेक तुम्याहाङको प्यानल नै विजयी बनेको हो।
कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन गरिरहेको छ। मंसिर ९ देखि १३ गतेसम्म कांग्रेसको महाधिवेशन छ।