नेपाली कांग्रेस रामेछाप जिल्ला सभापतिमा पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन्।
आइतबार भएको अधिवेशनबाट तीन जनामध्ये कसैले पनि ५१ प्रतिशत मत प्राप्त गरेका थिएनन्।
तामाङले ६६८ मत ल्याएका थिए भने लवश्री न्यौपानेले ३५६ र कृष्ण महतले ३२८ मत ल्याएका थिए।
सोमबार फेरि चुनावको तयारी थियो। तर दोस्रो धेरै मत ल्याएका न्यौपानेले तामाङलाई समर्थन गरेपछि फेरि मतदान गर्न नपरेको हो।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका न्यौपाने र महत सभापति उठेका थिए। तामाङ भने सभापति शेरबहादुर देउवानिकट हुन्।