पदाधिकारी र केन्द्रीय कमिटी घोषणालाई लिएर नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको घोषणा सभा बिथोलिएको छ।
विवादकै कारण घोषणा सभा हलमा कुर्सी तोडफोड भएको छ।
राष्ट्रिय सम्मेलनबाट १ सय ९९ सय सदस्यिय केन्द्रीय कमिटी र २५ सदस्यीय पदाधिकारी चयन गर्ने विधान पारित गरेको थियो। तर सहमतिका लागि भन्दै तीन सय भन्दा बढी सदस्यीय केन्द्रीय कमिटी र ५५ सदस्यिय पदाधिकारी राख्न खोजेपछि विवाद बढेको हो।
विवाद बढेपछि अध्यक्ष मात्रै घोषणा गर्ने तयारी थियो। सिंगो कमिटी घोषणा गर्नुपर्ने मागसहित केही हल्ला र नाराबाजी भएको अखिल क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष रविकिरण यादवले सेतोपाटीलाई बताए।
हलमै तोडफोड भएको भन्ने हल्ला गलत रहेको उनको दाबी छ।
असोज १४ गतेबाट ३ दिनका लागि सुरू भएको २२ औं राष्ट्रिय सम्मेलनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्तक्षेप गरेका थिए।
प्रचण्डकै निर्देशनमा पञ्चा सिंह क्रान्तिकारीको अध्यक्ष बनेकी छन्। महासचिव दीपेश पुन बनेका छन्। तर पुनको भने घोषणा भइसकेको छैन।