प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानन्यायाधीशबारे नेपाल बार एशोसिएसनका प्रतिनिधिहरूसँग आज छलफल गरेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले सरकारमा भाग खोजेपछि नेपाल बारले उनको राजीनामा माग गरिरहेको छ। विगत एक महिनादेखि नेपाल बार आन्दोलनमा छ भने न्यायाधीशहरू पनि बन्दी प्रत्यक्षीकरणबाहेक इजलास बसेका छैनन्।
यसबारे बालुवाटारमा आज प्रधानमन्त्री देउवाले नेपाल बार तथा आन्दोलनरत कानुन व्यवसायीहरूसँग छलफल गरेका हुन्।
प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीशबारे गठबन्धनमा छलफल गर्ने आश्वासन दिएका थिए।
प्रधानन्यायाधीशले सर्वोच्चमा देखिएको समस्यालाई निकास दिनुपर्ने यसअघि गठबन्धनको बैठकले आग्रह गरेको थियो।