गृह मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी सहसचिव प्रदीपकुमार कोइरालालाई दिइएको छ।
मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखाका सहसचिव कोइरालालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।
यसअघि सहसचिव फणिन्द्रमणि पोखरेल गृह प्रवक्ता थिए।
उनी पारिवारिक कारण अमेरिका जानु परेको हुँदा प्रवक्ताको जिम्मेवारी कोइरालालाई दिइएको सूचना अधिकारी तथा उपसचिव दिलकुमारी तामाङले बताइन्।
कोइराला यसअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रवक्ता समेत रहिसकेको उनले बताए।